
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।
जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।
