काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन थप सक्रिय भएसँगै देशका अधिकाश भूभागमा वर्षा भएको छ । काठमाडौं उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम(भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।