राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं ।‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन ( आर्थिक वर्ष २०७९/८००’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरिएको हो । 

संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।