स्पेनले जित्यो युरो कप–२०२४ को उपाधी

मनिषा गुरुङ

काठमाडौं ।जर्मनीको बर्लिनमा भएको युरो –२०२४ को उपाधि स्पेनले प्राप्त गरेको छ।

आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै चौथो पटक युरो उपाधि हासिल गरेर कीर्तिमानी कायम गरेको हो।स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।

विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो।भने, दोस्रो हाफमा तीन गोल भएको थियो।त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।

​यो सहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।स्पेनले यस अघि सन् १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । यो जितसँगै स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उप–विजेता बनेको छ।अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।