स्याङ्जाको सेतीबेणीधाम लगायत कालीगण्डकी नदीतटमा स्नान गर्नेको घुइँचो

स्याङ्जा। हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन  आज स्याङ्जाको सेतीबेणीधाममा स्नान गर्न श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ।

स्याङ्जाको सेतीबेणीधाममा  विश्वकै ठूलो शालिग्राम शिला रहेका हुनाले पनि यहाँ विषेश मेला लाग्ने गर्छ ।हरिशयनी एकादशीका अवसरमा मेला लागेको हो ।

स्याङ्जा र पर्वतको सीमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल  स्याङ्जाको सेतीबेणीधाम लगायत स्याङ्जा र पर्वतको सीमानामा  पर्ने मोदीवेणी,पुर्तिघाट,गोपाङ,नयाँपुल,खनियाघाट,मिलनचोक,वारीबेनी नदी तटमा पनि बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ।

सेतीबेणीमा  स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरू आइपुगेका छन ।सेतीबेणीमा बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात विष्णुको अवतारको रूपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।

कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ ।