काठमाडौं कोरा च्यालेन्ज–२०२४(फोटो फिचर)

सीता पौडेल (अर्चना)

काठमाडौं।नेपालको पर्यापर्यटनको विकास र प्रवद्र्धनका लागि सामाजिक संस्था ‘ सोसल टुर्स एण्ड ट्राभल्स’ ले आज श्रावण ५ गते शनिबार ललितपुरको पाटन दरबार स्क्वायरबाट बृहत साइकल ¥याली ( काठमाडौं कोरा च्यालेन्ज) आयोजना गरको छ।उक्त ¥यालीमा विश्व साइकल यात्री ज्ञान महर्जन लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका छन्।

विश्व साइकल यात्री एवं वल्ड साइकलिष्ट क्लब नेपालका सल्लाहकार महर्जनका अनुसार सो साइकल ¥याली बिहान ७ बजे ललितपुरको पाटन दरबार स्क्वायरमा शुरु भएर बौद्धको समता स्कुलसम्म गएर अन्त्य हुने छ।

¥यालीमा ५० कि.मि.,७५ कि.मि.र १०० किलोमिटर यात्रामा स्वइच्छाले सहभागिता जनाइएको छ।सो ¥याली सकिएपछि पाटनको नागबाहलमा औपचारिक कार्यक्रम सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेर समापन  गर्ने सहआयोजक ललितपुर महानगरपालिकाले जनाएको छ ।

सो साइकल ¥यालीमा ४ हजार ५ सय ८९ जना भन्दा बढी पुरुष र १ हजार ५० जना भन्दा बढी महिला साइकलिष्टहरु सहभागि भएका छन्।साथै अभिभावकका साथ बालबालिकाहरु पनि सहभागि भएका छन्।‘हयास् ट्याग कोरा–२४ ’ नाम दिइएको सो ¥याली देशका विभिन्न जिल्लाबाट बिहान एकै चोटी बृहत साइकल ¥याली निकालिएको बताइएको छ।

हेर्नुहोस् तस्वीरहरु :