पृथ्वीराजमार्गको फिस्लिङमा लेदोसहितको पहिरो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना(३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।

बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ ।