मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक,को–को भए राजदूतमा सिफारिस ?

काठमाडौं।सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन मार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता,१८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै बागमती,लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको मन्त्री गुरुङले जानकारी दिएका छन् ।

सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ।यसैगरी सो बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको मन्त्री गुरुङले बताएका छन्।