पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ।अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिएका छन्।

करिडोर अवरुद्ध भएपछि लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन्।वर्षा रोकिएपछि मात्र सडक खुलाउने उनको भनाइ छ।सो सडक गतहप्ता पनि अवरुद्ध भएको थियो।