ढलमा छिरेर बेपत्ता महिला मृत फेला

काभ्रे । काभ्रेको धुलिखेलमा ढलमा परेर बेपत्ता भएकी एक महिला मृत फेला परेकी छिन् ।

मंगलबार धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा रहेको ढलमा परेर बेपत्ता भएकी भगवती भागदास मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार बिहान १०ः४५ बजेको समयमा श्रीखण्डपुरमा रहेको ढलको मकलमा परेर रामेछाप खाडादेवी गाउँपालिका–३ घर भई हाल पनौती नगरपालिका– ५ नैकिनटार बस्ने वर्ष ५० की भागदास बेपत्ता भएकी थिइन् ।

ढलमा परेर बेपत्ता भएकी भागदासको खोजतलास गर्ने क्रममा बिहान ११ः३५ बजे करिव ३०० मिटर तल शवफेला परेको प्रहरीले बताएको छ ।