माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।