गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

रसुवा । गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा. अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ बर्षीय विपिन बर्तो वाल र पोखरा निवासी ६२ वर्षीय हरिबहादुर तिवारी रहेका छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याएको छ ।

गोसाइँकुण्डबाट फर्कँदै गर्दा मंगलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरू घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाईंकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।