
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् ।
प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।
‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज ९बहाना० खोज्दैन, काम गर्छ ।’उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।
