मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

रास्वपाको केन्द्रीय समितिको  मंगलबार  बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो ।

ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक(पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।