आजको मौसम : यी दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

१५ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।जसको प्रभावले मौसम बदली भइरहेको छ ।कतै साधारणतया,कतै आंशिक बलदली हुने र कहीं काहीं धेरै भारी र धारी वर्षा भइरहेको छ ।साथै कतिपय स्थानहरुमा मौसम मूख्यतयाः सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।