पूर्वप्रधानमन्त्री प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन

१६ भदौ, नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।

अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए ।

‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो,’ उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’