
२३ भदौं,काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
आइतबार सूचना जारी गर्दै महाशाखाले सो निर्देशन बारे उल्लेख गरेको हो ।
सूचनामा भनिएको छ– परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रमहरू परिषद् पाठ्यक्रम विकास समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको हुँदा परिषद्का आगिक, साझेदारी,सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०६१ र ०६२ मा भर्ना भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा सोही बमोजिमको पाठ्यक्रम अध्ययन अध्यापन गराउन आग्रह गर्दछौं ।
साथै महाशाखाले यस सम्बन्धमा कुनै सोधपुछ भएमा कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ।
हेर्नुहोस् सूचना :

