नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैनन् : मेयर साह

२३, भदौ काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअनुसार बनेका खोला किनारका घर नभत्किने बताएका छन् ।आज आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नयाँ  मापदण्डभित्र परेका घर नभत्किने र भत्काउन परेमा सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।

‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस् भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाईँको लागि हामी छँदै छौँ ।केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि ।’

मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएको समेत स्पष्ट पारेका छन् ।