
सीता पौडेल(अर्चना)
काठमाडौं।नागार्जुन नगरपालिकामा क्लोथ बैंक सञ्चालनमा आएको छ।
मंगलबार महानायक राजेश हमालले नगरपलिकाको प्राङगढमा भएको एक कार्यक्रमका बीच सो क्लोथ बैंकको उद्घाटन गरेका थिए।नागार्जुन नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए अनुसार उक्त क्लोथ बैंक सञ्चालनमा ल्याइएको नगर उप–प्रमुख शुशिला अधिकारीले बाताइन।
सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको क्लोथ एण्ड फूड बैंक नेपालले पालिकासँग पनि सहकार्य गरेकोमा खुशी व्यक्त गरिन।
क्लोथ बैंक सञ्चालनले घरमा प्रयोगमा नआएका वा आवश्यकता भन्दा बढी भएर दराजमा थन्किएका कपडाहरु क्लोथ बैंकमा ल्याएर जम्मा गर्नाले निम्न आयस्तरका कारण कपडा किन्न नसक्ने निम्न वर्गाीय परिवारहरुले पनि कपडा लाउन पाउने र नचाहिने कपडा फोहोरमा नफालि सो बैंकमा जम्मा गर्नाले डम्पिङ साइडहरुमा जाने फोहोर झण्डै आधाआधी व्यस्थापन हुने लगायतका फाइदा हुने उपप्रमुुख अधिकारीको भनाई छ।
सो बैंकको उद्घाटन् गर्दै संस्थाका संरक्षक महानायक हमालले कतिपय मानिसहरुका घरमा आवश्यत्ता भन्दा बढी भएका अर्थात यत्तिकै थन्किएर बसेका लत्ताकपडाहरु हुने र त्यसको व्यवस्थापन गर्ने ठाउँको अभावले समस्या भइरहेको पाइएकाले कपडा हुने र नहुने दुबै पक्षलाई लाभ हुने देखेर यस प्रकारको बैंक सञ्चालनमा ल्याइएको र यसलाई ७ वटै प्रदेशमा विस्तार गर्दे लैजाने संस्थाको उद्देश्य रहेको बताए।
संस्थाका अध्यक्ष कमल जि.सी.ले मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गर्ने उद्देश्यले सो संस्था स्थापिना गरिएको बताए।उनले परोपकार गर्नु नै मानिसको धर्म रहेको भन्दै नगरपालिकाको क्लोथ बैंकमा संकलन भएका लत्ता कपडाहरुलाई पुनः प्रशोधन गरेर आवश्यकता अनुसार वितरण गरिने पनि बताए नागार्जुन नगरपालीका भित्र वडा नम्बर–२,७ र १०मा गरि अन्य थप ३ वटा बैंक समेत सञ्चालन गरिने सगरमाथा प्रेसलाई जानकारी दिए।
नगर प्रमुख मोहन बहादुर बस्नेतले यस किसिमको कार्यले दुख पर्दा हामी एक ठाउँ छौ है भन्ने भावना समेत जगाउने भन्दै केही सामान्य प्रकृया पुरा गरेपछि सो बैंकमा आफ्नो घरमा पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने र आवश्यक पर्नेहरुले निःशुल्क लिन सक्ने बताए।
कार्यक्रममा अध्यक्ष जीसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त समाज बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको पनि सुनाए।
कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने सक्ने आवश्यकता औंल्याउँदै पालिकाले आफूलाई आवश्यक नपर्ने कपडा सो क्लोथ बैंकमा जम्मा गरिदिन सबै नगरवासिलाई अनुरोध गरिएको जनाएको छ ।
