‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’: चिरीबाबु

७, असोज ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् ।

महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

“ललितपुर महानगरलाई शिक्षाको हब भनिन्छ, यहाँ शैक्षिक संस्थाहरूले उत्कृष्टता हासिल गर्दै आएका छन्, तपाईंहरूको मेहनतलाई हामी कदर गर्छौँ, एसइईको परीक्षामा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई रु. दुई लाख र सामुदायिक विद्यालयलाई रु. चार लाख उपलब्ध गराउने कार्यविधि तय भएको छ ।

सोही अनुसार उत्कृष्टता हासिल गर्न क्रियाशील विद्यालयको, भौतिक पूर्वाधारमा पनि थप जोड दिन्छौँ”, महानगर प्रमुख महर्जनले भने। उनले महानगरमा रहेका ४० वटा सामुदायिक विद्यालयलाई प्रत्येक वर्ष नगर स्तरीय एक वटा योजना दिइएको बताए।