एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण

८, असोज काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)पूरक (ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ५६।७८ प्रतिशत अर्थात् १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन् । २ लाख १० हजार तीन सय २१ जनाले परीक्षा दिएका थिए । २०८० मा सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार नन ग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्।

कार्यालयले ८ जनाको उत्तर पुस्तिका रद्द गरेको छ। ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन्। त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ