ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत

८, असोज काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६(० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।