ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

१२, असोज काठमाडौं । ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

शनिबार बिहान ललितपुर महानगरपालिका(१४, नखिपोटमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दुई जना पुरुष, एक महिला र एक बच्चा छन् ।

शनिबार बिहान सवा ९ बजेतिर उनीहरूलाई खोलाले बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।