१२, असाृेज काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न थालिएको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् ।
सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन् । यसैबिच खोलका कारण फेसेका दुई जनाको हेलिकप्टरको मद्दतले उद्धार गरिएको छ ।
उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरूका कारण सडक र बस्ती डुबानमा परेका छन्। उपत्यकामै केही स्थानमा पुल बगेका छन्।
मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ।
