बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले पनि ग¥यो ५० लाख सहयोग

१६ असोज सुर्खेत ।कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को हिजो मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताएका छन् ।

त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको उनको भनाई छ।प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जनाएको छ।

केही दिन अघिदेखि परेको वर्षाले काठमाडौं उपत्यका लगायत मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ।