
२६ असोज,काठमाडौं ।नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ।
शुक्रबार मध्यान्ह १२ : २५ बजेको शुभ साइतमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने भएको हो।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागेको उनको भनाई छ।
उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर अर्का वर्षको दशैंको घटस्थापनाका दिन सर्ने पनि एमालेको योजना रहेको महासचिव पोखरेलले बताए।
