३० असोज,काठमाडौं।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव र देशका केही प्रदेशहरुक पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।जसका कारण मौसम काही बदली त काहीं समान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।भने,कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उता राती पनि देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाईा छ।
आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
काठमाडौंमाडौं उपत्यकामा दशैंका बेला केही दिन अघिदेखि बिहानैदेखि घाम लाग्ने गरेकोमा आज बिहानैदेखि आकास धुम्म छ,भने घाम लागेको छैन ।
