६ कार्तिक,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको योजना नरहेको बताएका छन्।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो बारे बताएका हुन्।
‘प्रधानमन्त्री ओलीले भने, ‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन।अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला,मेरो त्यस्तो कुनै योजना छैन।’
विपक्षी दलहरुले पनि सो अध्यादेश ल्याउन नहुने राय राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

