
२० कात्तिक,काठमाडौं।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका उनी छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ।
लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।लामिछाने
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि रास्वपाले पोखरामा प्रदर्शन गरेको छ ।
उनी पक्राउ परेयता राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै रास्वपाले विरोध गर्दै आइरहेको छ ।
