
१८, मंसिर बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।
