सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१६, पुस काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।