सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

१७, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही तय भएको छ ।