
१८, पुस बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् ।
बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको हिजो निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताए ।
मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”
