दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ फेल

११, माघ काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् ।

यसमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी साधन जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने दुई सय २१ वटा जाँच गर्दा एक सय ६० वटा फेल भएको कामपाले जानकारी दिएको छ ।

कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१, फोहरमैल सं तथा ढुवानी कार्यविधि, २०८१ अनुसार सवारीसाधन जाँच गर्न थालिएको हो ।