सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१५, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । सोही सुनको मूल्य अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।