सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

१८, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज एकैदिन सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९ सय १५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।