बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

२२, माघ काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् ।

त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।