संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा अभियन्ता सुनार पक्राउ

२८, माघ काठमाडौं । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले दलित अभियन्ता खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएको छ । अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका हुन् ।

उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोझ्दा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार अनुसार खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।