फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

५, फागुन काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।