
६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२—८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको छ । सोहीअनुसार आज मंगलबार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको हो ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमानसमेत गरेको छ ।
आयोगले करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना स्रोतको अनुमान गरिएको पनि जनाएको छ ।
