आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

८, फागुन काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा पहाडी भू(भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरे स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।