
सीता पौडेल (अर्चना)
१६ फागुन,काठमाडौं । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन भोली शनिबार हुने भएको छ ।
काठमाडौंको सामाखुसी स्थित सीटी स्क्वायर मलको एक सभाहलमा बिहान १० बजेदेखि सञ्चालन हुन गइरहेको सो अधिवेशनको उद्घाटन सत्रलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौंको सुन्धारा स्थित ‘ओम सुविधा गेष्ट हाउस’ का संचालक एवम् संघका कोषाध्यक्ष भविश्वर दुबेले जानकारी दिए ।
कोषाध्यक्ष दुबेका अनुसार संघका अध्यक्ष पदम लिम्बुको अध्यक्षतामा गत सोमबार बसेको पूर्ण बैठकले सो मितिमा उक्त अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरे बमोजिम अधिवेशनको सम्पूर्ण तयारीसमेत पूरा भइसकेको छ ।

७५ जनाको कार्यसमिति रहेको संघले यसपालिबाट भने समितिलाई चुस्त–दुरुस्त बनाउन सदस्य संख्या घटाएर नयाँ कार्यसमिति बनाउने योजना रहेको पनि उनले जानकारी दिए ।

