
१९, फागुन काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
हिजो साँझदेखि निरन्तर चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनीनिकट स्रोतले जनाएको छ । साहलाई यसअघि पनि पटकपटक हृदयघात भएको थियो ।
