संसदको अर्थ समितिको बैठक स्थगित

१५, चैत काठमाडौं । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ ।

बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो ।

तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको जनाइएको छ ।