
१८, चैत काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११: ०० बजेका लागि बैठक तय भएको हो ।
यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ । प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेलगायत कार्यसूची रहेको छ ।
