
१९, चैत काठमाडों । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हनु ।
उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिए । उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए ।
सचिव भट्टराईले भने , ‘‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन ।
यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरु यो हिउँदे अधिवेशनमा प्रस्तुत गरेको छ ।’’
सचिव भट्टराईले प्रधानमन्त्रीले चार÷चार पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको पनि बताए। हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताए । ०७९ पछि बनेको प्रतिनिधिसभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताउए ।
