बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा भक्तजनहरुको बिहानैदेखि भीड

३०, चैत काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा (ल्हुती पुन्ही) मेलामा आज बिहानदेखि श्रद्दालु भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । 

 

बालाजु बाइसधारा मेला बालाजु बाइसधारा (ल्हुति पुन्ही) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको बताएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ ।