
८, वैशाख काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । सो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।
