डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

२१, वैशाख काठमाडौं । अमेरिकाको इ- डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार गए राति पौने १० बजे) सन् २०२६ को इ(डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो ।

नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । नयाँ विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् ।

गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ(डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ(डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ ।