शिक्षा समिति बैठक बस्दै

२२, वैशाख काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ।

दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।